birat ribon

मोड्रिक थप एक वर्ष रियलमा बस्न सहमत

Neuro
मोड्रिक थप एक वर्ष रियलमा बस्न सहमत

विराटनगर । क्रोएशियन मिडफिल्डर लुका मोड्रिकले रियल मड्रिडसँग थप एक वर्ष सम्झौता लम्ब्याउने भएका छन् । स्पेनिस मिडियाका अनुसार मिडफिल्डर मोड्रिकले सन् २०२२ सम्मको सम्झौतामा हस्ताक्षर गर्न राजी भएका हुन् ।

३५ वर्षीय मोड्रिक र रियलबीचको सम्झौता जुन २०२१ मा सकिँदैन । अब उनी ३० जुन २०२२ सम्म सान्टियागो बर्नाबेउमा बस्न समहत भएका हुन् ।

cura insider

मोड्रिड सन् २०१२ मा टोटनह्यामबाट रियलमा अनुबन्ध भएका हुन् । स्पेनको राजधानीबाट साढे आठ सिजन खेलिसकेका उनले चार च्याम्पियन्स लिग र दुई वटा ला लिगाको उपाधि जितिसकेका छन् ।

त्यसबाहेक उनले एकपल्ट बालोन डी‘ओरको उपाधि पनि जितिसकेका छन् । हाल टोलीमा मोड्रिकको प्रदर्शन र नेतृत्त्व राम्रो देखिएको छ ।

jackson ribon