birat ribon

रोनाल्डोलाई पछ्याउँदै फर्नान्डेस

Neuro
रोनाल्डोलाई पछ्याउँदै फर्नान्डेस

विराटनगर । म्यानचेस्टर युनाइटेडका स्टार ब्रुनो फर्नान्डेस सन् २००८–०९ को सिजनयता प्रिमियर लिगको एक सिजनमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

युनाइटेडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोले १२ वर्षअगाडि बनाएको कीर्तिमान फर्नान्डेसले आफ्नो नाममा सारेका हुन् ।

cura insider

शनिबार राति लेइस्टर सिटीसँगको खेलमा फर्नान्डेसले एक गोल गरेका थिए । गए राति युनाइटेड र लेइस्टरले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

लेइस्टरको मैदानमा खेलको ७९औं मिनेटमा फर्नान्डेसले गोल गरेका थिए । यससँगै उनी सन् २००८–०९ को सिजनयता एकै सिजन प्रिमियर लिगमा १० गोल गर्ने पहिलो खेलाडी बने ।

सो सिजन रोनाल्डोले १८ गोल गरेका थिए । रोनाल्डोले इङ्ग्ल्याण्डबाट दुई सय ९२ खेल खेल्दा एक सय १८ गोल गरेका छन् ।

यता, फर्नान्डेसले युनाइटेडबाट ४४ खेल खेल्दा २६ गोल गरेका छन् । उनी २९ जनवरी २०२० मा मात्र स्पोर्टिङ सिपीबाट ओल्ड ट्राफोर्ड आएका हुन् ।

jackson ribon