birat ribon

यी चार प्रकारका व्यक्तिले तौल घटाउन किटो डाइट फलो गर्नु हुँदैन

Neuro
यी चार प्रकारका व्यक्तिले तौल घटाउन किटो डाइट फलो गर्नु हुँदैन

विराटनगर/तौल कम गर्नका लागि मानिसहरूले विभिन्न प्रकारको तरिका अपनाइरहेका छन् ।

किटो वा किटोजेनिक डाइट हाल तौल कम गर्ने तथा फिट रहन मन पराउनेका लागि सबैभन्दा लोकप्रिय तरिका बनेको छ । अत्यन्त कम कार्ब र उच्च फ्याटयुक्त खानाले तौल घटाउनेदेखि अन्य स्वास्थ्य लाभसमेत प्रदान गर्ने हुँदा विगत दुई वर्षमा किटो डाइटले धेरैको ध्यान र लोकप्रियता प्राप्त गरिसकेको छ । किटो डाइट मधुमेह र उच्च कोलेस्ट्रोलका लक्षण नियन्त्रण गर्न पनि प्रभावकारी देखिएको छ ।

cura insider

तर, लामो समय उच्च फ्याटको सेवनले विभिन्न साइड इफेक्ट निम्त्याउन सक्छ । लामो अवधिसम्म वा गलत तरिकाले किटो डाइट फलो गरिरहेकामा मृगौलामा पत्थरी तथा अन्य स्वास्थ्य समस्याको जोखिम हुन सक्छ । त्यसैले यी चार प्रकारका व्यक्तिले स्वास्थ्यको लागि किटो डाइट फलो गर्नु हुँदैन । गर्भमा रहेको शिशुको विकासका लागि राम्रो सन्तुलित र पौष्टिक आहार खानु आवश्यक हुने हुँदा गर्भवती महिलाले आफ्नो खाना र खाने बानीको बारेमा बढी सावधानी अपनाउनु पर्छ । किटो डाइटले गर्भवती महिलालाई काब्र्स र फाइबरबाट वञ्चित गर्छ । यसबाहेक, किटो डाइटका कारण केही आवश्यक पोषक तत्वको अभाव हुने हुँदा गर्भावस्थामा किटो डाइट फलो नगर्न सुझाव दिइएको छ ।

पूर्ण रुपमा साकाहारीका लागि किटो डाइट अझ चुनौतीपूर्ण र जोखिमपूर्ण मानिन्छ । डेरी र पशु उत्पादनसमेत सेवन नगर्नेलाई फल र तरकारी पोषक तत्वहरूको प्राथमिक स्रोत हुन् । तर, उच्च काब्र्स र उच्च फाइबरयुक्त खाना त्याग्नु पर्ने हुँदा शरीरलाई राम्रोसँग काम गर्नका लागि आवश्यक पोषण नपाउने हुँदा पूर्णरुपमा साकाहारीका लागि पनो किटो डाइट लाभदायिक हुने देखिँदैन ।

किटो डाइट गर्नेहरूमा देखिने मुख्य साइड इफेक्ट भनेको कब्जियत हो । कम काब्र्स र कम फाइबरको सेवनका कारण प्रायजसोलाई कब्जियतको समस्या हुन्छ । त्यसैले पेटसम्बन्धी समस्या भएका तथा पुरानो कब्जियतबाट पीडितलाई किटो डाइटले अझ खराब बनाउन सक्छ ।

किटो डाइट एक उच्च फ्याट डाइट हो र शरीरको अत्यधिक बोसो पगाल्नका लागि मृगौलाले धेरै कडा परिश्रम गर्नुपर्छ । जसकारण पत्थरीको समस्या हुन सक्छ भने पहिलाबाटै मृगौलाको समस्याबाट पीडित भएकाले किटो डाइट अनपाएमा अङ्गमा अतिरिक्त दवाव निम्त्याई लक्षणलाई बिगार्न वा ज्यानलाई समेत जोखिममा पार्न सक्छ ।

त्यसैले कुनै पनि तौल घटाउने डाइटको उपाय अपनाउनका लागि सुरू गर्नुअघि विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ ।

jackson ribon