birat ribon

आरती स्ट्रिपका मजदुर क्षतिपूर्ति माग्दै श्रम कार्यालयमा

Neuro
आरती स्ट्रिपका मजदुर क्षतिपूर्ति माग्दै श्रम कार्यालयमा

विराटनगर/मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप प्रालिले कामदार निकालेपछि क्षतिपूर्तिसहित काम दिलाइपाउँ भन्दै मजदुरहरु श्रम कार्यालय पुगेका छन् । आरती स्ट्रिपले वर्षौँदेखि काम गर्दैै आएका एक सय ५० मजदुरलाई विनाकारण कामबाट निकालेको हो ।

नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा कामदारलाई निस्कासन गरेको नेपाल कारखाना श्रमिक सङ्घ आरती स्ट्रिप इकाई समितिका अध्यक्ष सुरेशकुमार साहले बताए । विभिन्न जिल्लाबाट काम गर्न आएका मजदुरहरुलाई गेटबाट प्रवेश निशेष गरेपछि समस्या भएको साहले बताए ।

cura insider

पुस १० र ११ गते गरेर एक सय ५० जना श्रमिकलाई कामबाट निकालिएको साहको भनाइ छ । उक्त कम्पनीले विनाकारण निकालिएका कामदारलाई धम्की दिँदै आएको साहले बताए । श्रम ऐन २०७४ को दफा १६७ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएर आरती स्ट्रिपलाई कारबाही गर्न श्रम कार्यालयलाई अनुरोध गरेका छन् ।

jackson ribon