birat ribon

नेयमार आलोचित

Neuro
नेयमार आलोचित

विराटनगर । कोरोना महामारीको अवस्थामा भब्य पार्टी गरेपछि ब्राजिलियन स्टार नेयमारको आलोचना भएको छ ।

गत शुक्रबार रियो दि जेनेरियोस्थित मन्गरटिभामा करिब पाँच सय जनाको उपस्थितिमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड नेयमारले भब्य पार्टी आयोजना गरेका थिए ।

cura insider

सो पार्टीपछि कोरोना महामारीको बेला स्वास्थ्य मापदण्डविपरीत काम गरेको भन्दै ब्राजिलियन जनताले नेयमारको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलमा हाल कोभिड सङ्क्रमितको सङ्ख्या ७४ लाख ६५ हजारभन्दा धेरै छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ९० हजारभन्दा धेरै छ ।

jackson ribon