birat ribon

कोभिडका कारण चिनियाँ अर्थतन्त्रले अमेरिकालाई २०२८ सम्म पराजित गर्ने

Neuro
कोभिडका कारण चिनियाँ अर्थतन्त्रले अमेरिकालाई २०२८ सम्म पराजित गर्ने

विराटनगर/विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा चीनले सन् २०२८ मा अमेरिकालाई पछि पार्ने जनाइएको छ ।

युकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चका अनुसार कोभिडको व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने छ । प्रत्येक वर्ष २६ डिसेम्बरमा सार्वजनिक गरिने प्रतिवेदनमा उल्लेख गरिएको उक्त समय यसअघि अनुमान गरिएकोभन्दा पाँच वर्ष छिटो हो ।

cura insider

कोरोना भाइरस चीनमा पहिले पटक देखिएको भए पनि कडा प्रावधान लागू गर्दै भाइरस नियन्त्रण गरेको हुँदा अन्य देशहरूमा लामो समयसम्म लकडाउनका कारण अर्थतन्त्र ठप्प पार्नु परेको छैन । परिणामस्वरूप सन् २०२० मा अन्य देशको अर्थतन्त्र कमजोर भए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ ।

सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३ दशमलब ६ प्रतिशत रहेको चीनमा अर्थतन्त्र वृद्धि भई हाल १७ दशमलब ८ प्रतिशत रहेको छ । र, सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुने बताइएको छ । सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सका अनुसार चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड–१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि हो ।

चीनको अर्थतन्त्र सन् २०२५ सम्म ५ दशमलब ७ प्रतिशत र सन् २०२६ देखि सन् २०३० सम्म ४ दशमलब ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । प्रतिवेदनका उल्लेख गरिएअनुसार सन् २०२१ मा कोभिड–१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म अर्थतन्त्रमा १ दशमलब ९ प्रतिशत र त्यसपछि १ दशमलब ६ प्रतिशत वृद्धि हुनेछ ।

त्यस्तै, भारतको अर्थतन्त्र सन् २०३० सम्ममा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ । भारतले सन् २०१९ मा बेलायतको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरे पनि कोभिडका कारण फेरि पछाडि परेको छ । भारतले सन् २०२४ मा बेलायत, सन् २०२७ मा जर्मनी र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ ।

jackson ribon