birat ribon

सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

Neuro
सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

काठमाडौँ/नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको बताएका छन् ।

आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको बताएका हुन् । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

cura insider

सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकाले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । उनले भने, ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौ । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ ।’

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए । कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ ।

jackson ribon