birat ribon

कोरोनाको नयाँ प्रकार ५६ प्रतिशतभन्दा बढी सङ्क्रामक, सम्बन्धित दस लक्षण यस्ता

Neuro
कोरोनाको नयाँ प्रकार ५६ प्रतिशतभन्दा बढी सङ्क्रामक, सम्बन्धित दस लक्षण यस्ता

विराटनगर/बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार ५६ प्रतिशतभन्दा बढी सङ्क्रामक रहेको पाइएको छ ।

हालैको अध्ययनका अनुसार पहिलेको तुलनामा नयाँ भाइरसको प्रकार ५६ प्रतिशतभन्दा धेरै सङ्क्रामक रहेको हुँदा चाँडो गतिमा फैलिरहेको छ । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा गरिएको एक अध्ययनमा विशेषज्ञहरूले कोरोना भाइरसको नयाँ प्रकारले बेलायतमा बढी मृत्यु निम्त्याउन सक्ने दावी गरेका छन् ।

cura insider

भाइरसको छिटो र बढ्दो प्रशारणको कारण, सङ्क्रमितको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । यसकारण सन् २०२० को तुलनामा सन् २०२१ मा कोभिडका कारण अस्पताल भर्ना हुने तथा कोभिडसम्बन्धी मृत्यु हुने सङ्ख्या पनि बढ्ने देखिएको छ । कोरोना भाइरसको नयाँ संस्करण (भियुआई २०२०१२–०१)मा स्पाइक प्रोटिनमा भएको आनुवंशिक उत्परिवर्तनले भाइरसलाई सजिलै र द्रुत गतिमा फैलाउन सक्छ र यसलाई घातक बनाउँछ ।

उत्परिवर्तनले भाइरसलाई मानव कोशिकामा प्रवेश गर्न सजिलो बनाएको छ, जसले बच्चाहरू पनि सङ्क्रमित हुने सम्भावना बढी हुने देखिएको छ । भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित भएकामा पहिलेको जस्तै ज्वरो, सुक्खा खोकी तथा गन्ध र स्वाद हराउने सबैभन्दा सामान्य लक्षण हुन् । तर, थकान, भोक हराउने, झाडापखाला, टाउको दुख्ने, मांसपेशी दुख्ने, छालामा आउने र्‍यास र मानसिक दुविधा नयाँ भेरियन्टसँग सम्बन्धित सात लक्षण हुन् ।

jackson ribon