birat ribon

एमसिसी लागू गर्नु पर्छ : उर्जा मन्त्री रायमाझी

Neuro
एमसिसी लागू गर्नु पर्छ : उर्जा मन्त्री रायमाझी

काठमाडौँ/उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्नुपर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उर्जामन्त्री रायमाझीले कुनै पनि वैदेसिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।

cura insider

उनले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानु पर्ने बताए । उनले भने, ‘एमसीसीमा कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्नेखालका बुँदाहरु छन भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’

पछिल्लो समयका हरेका सरकारले एमसिसीलाई अनुमोदन गर्दै आएकाले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताए । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको उर्जा उत्पादनमा ठूलो नोक्सानी पु¥याउने बताए ।

jackson ribon