birat ribon

देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार : रायमाझी

Neuro
देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार : रायमाझी

काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताएका छन् ।

आइतबार उर्जा, जलस्रोत तथाा सिचाइँ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताए । मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भीरतापूर्वक लिई जिम्मेवारी पूरा गर्ने बताए ।

cura insider

‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौँ भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौ । त्यो चुनाव सम्पन्न गर्नुछ,’ उनले भने, ‘सरकारलाई सडकमा लगेर लावारिस गर्नु भएन । सरकारलाई सम्हाल्नुपर्‍यो ।’

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताए । देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्यसहित आफू सरकारमा उपस्थित भएको मन्त्री को भनाइ छ । उनले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुनेतर्फ अगाडि बढाउने बताए ।

jackson ribon