birat ribon

विदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उल्लेख्य

Neuro
विदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उल्लेख्य

विराटनगर/विदेशमा कोरोना भाइरस (कोभिड (१९) बाट सङ्क्रमणमुक्त हुने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार विदेशमा ‘कोभिड–१९’ को सङ्क्रमणमा परेकामध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिको तथ्याङ्कअनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ४९ हजार ८ सय ९२ जना कोरोनामुक्त भएका छन् ।

cura insider

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ५७ हजार ७ सय छ भने २ लाख ४९ हजार १ सय ३२ जना अर्थात् ९६.७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन् ।

विश्वभरका गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोनाविरुद्धको खोप लगाइरहेको सङ्घले जनाएको छ ।

नयाँ प्रकारको भाइरसबाट बचौँ

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन (उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन (स्वरुप)हरु बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ । युरोपेली सङ्घअन्तर्गतका ८ मुलुकहरूसहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीव्ररूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यकबाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ ।

डा. सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

विशेषतः केही युरोपेली मुलुकहरु र बेलायतमा हाल लकडाउन र कडाखालको प्रतिबन्ध लगाइएकाले पनि कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली सङ्घअन्तर्गतका राष्ट्रिय समन्वय परिषदमा सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।

संयोजक डा. सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दुरी कायम राख्न, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउन र साबुन–पानीले हात धुन वा सेनिटाइजर प्रयोग गर्न सुझाव दिएका छन् ।

jackson ribon