birat ribon

विश्वभरि देखिन थाल्यो नयाँ प्रकारको भाइरस

Neuro
विश्वभरि देखिन थाल्यो नयाँ प्रकारको भाइरस

विराटनगर/बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस अन्य कैयौँ युरोपेली देशलगायत विश्वभरि दखिन थालेको छ ।

पहिलेको तुलनामा ६० देखि ७० प्रतिशत थप सङ्क्रामक पाइएको कोभिड–१९ फैलाउने नयाँ प्रकारको भाइरस क्यानडा, जापानमा समेत पुष्टि गरिएको छ भने स्पेन, स्वीट्जरल्यान्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध बेलायतबाट फर्केका मानिसहरूसँग पाइएको छ । क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतिले यात्रा नगरेको तथा उच्च जोखिममा रहेका कसैलाई नभेटेका बताइएको छ ।

cura insider

जापानमा सबैभन्दा पहिले युकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो । त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमितमध्ये एक आन्तरिक रूपमै फैलिएको हो । फ्रान्समा १९ डिसेम्बरमा युकेबाट फर्किएका एक व्यक्तिमा नयाँ प्रकारको भाइरस देखा परेको थियो । यसअघि नै डेनमार्क, जर्मनी, इटली, द नेदरल्यान्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भइसेकेको छ ।

सेप्टेम्बरमा नयाँ प्रकारको कोरोना भाइरस सुरुमा इङ्ल्यान्डमा देखा परेको थियो । बेलायतको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला त्यहाँ देखापरेको हुनसक्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए पनि त्यो थप खतरनाक भएको कुनै प्रमाण छैन ।

साथै, विकसित गरिएका खोप पनि नयाँ भाइरसविरुद्ध उत्तिकै प्रभावकारी हुने ठानिएको छ ।

jackson ribon