birat ribon

सितन ‘लाल’ पापड

Neuro
सितन ‘लाल’ पापड

विगतको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका र सहभागिता अनुभव गरिएको शान्ति र लोकतन्त्रका लागि पेसागत सङ्गठनको सञ्जाल ‘पापड’ अहिले कता गयो खै ? कन्टिर–बाबूका अनुसार अहिले यसको प्रासङ्गिकता फेरि एकपटक बढेको छ ।

कन्टिर–बाबू भन्छन्– यसलाई ब्युँताएर पेसागत नागरिक समाज ओलीगमनविरुद्ध लोकतन्त्रलाई ट्र्याकमा ल्याउन क्रियाशील भए त हुने हो । तर उनी यसको सम्भावना कमै देख्छन् ।

cura insider

हो पनि, त्यसबेला पापडआबद्ध संस्थाहरू अहिले कता–कता पो छन् । यसका संस्थापकहरू नै अहिले भन्छन्– पछिल्ला दिनमा यसमा संलग्न कतिपय सङ्गठनहरू राजनीति ‘कब्जा’मा परेर गुलियो चास्नी र के–के जातिको झोलमा डुबे ।

कन्टिर–बाबूको चुनौती छ– यो आरोप गलत हो भने लु पापड जागोस् त । होइन, सितन बनाएर चपाएर खाइसकेको हो भने त कुनै कुरै भएन ।

कि कसो ‘लाल’ पापड हो ?

jackson ribon