birat ribon

यी हुन् प्रदीप खड्काको आउन लागेका चार फिल्महरु

Neuro
यी हुन् प्रदीप खड्काको आउन लागेका चार फिल्महरु

विराटनगर/भनिन्छ दर्शक कलाकारका लागि भागवानसरह हुन्, र तिनै भग्वानले आफूलाई रुचाइदिए स्टार बन्न धेरै रात कुर्नु पर्दैन । लगभग चार वर्षअगाडि एउटा लक्की रात नायक प्रदीप खड्काको लागि आइपुग्यो जब उनले निर्माता सन्तोष सेनको फिल्म ‘प्रेम गीत’खेल्ने मौका पाए र रातारात सर्वोत्कृष्ट नायकको पदमा आफ्नो नाम लेखाउन सफल भए ।

नायक प्रदीप खड्का अहिलेका व्यस्त अभिनेतामध्ये एक हुन् । फिल्म प्रेम गीतपछि उनले आफ्नो करिअरलाई फर्केर हेर्नु परेन । ब्याक–टु–ब्याक हिट फिल्म दिएका प्रदीप लकडाउनभन्दा अगाडि फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शनको पर्खाइमा थिए । फिल्म गत वर्ष चैत्र २८ गते रिलिज हुन लागेको थियो । त्यस समय नायक खड्का र फिल्म निर्माण टिम प्रचार–प्रसारमा दौडिने तयारीमा थिए । तर, सरकारले कोरोनाको सङ्क्रमण फैलिन नदिन देश लकडाउन गरेपछि चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि रोकियो ।

cura insider

लकडाउन भएको बेला निर्माता सन्तोष सेनले अहिलेका दुई चर्चित अनुहार प्रदीप खड्का र पल शाहलाई लिएर फिल्म हुतुतु निर्माण गर्ने घोषणा गरे । ‘प्रेमगीत ३’ प्रदर्शनलगत्तै हुतुतुको छायांकन सुरु गरिने भनिएको थियो । तर लामो समयसम्म सिनेमा हल नखुलेपछि फिल्म ‘प्रेम गीत ३’ को रिलिज अन्योलमा पर्‍यो ।

यसैबीच प्रदीप निर्देशक हेमराज बिसीको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएको खबर बाहिरियो । तत्काल हुतुतुको छायाङ्कन नहुने भएपछि उनी निर्देशक बिसीको अनटाइटल प्रोजेक्टको छायाङ्कनको तयारीमा लागि परे । यता फेरि कोरोनाका कारण हेमराजले तत्काल फिल्मको छायाङ्कन नगर्ने भएपछि प्रदीपले निर्देशक दिनेश राउतको आगामी फिल्म ‘प्रकाश’ गर्ने पक्का गरे । अब नायक प्रदीप खड्काको हातमा तीनवटा फिल्महरु छन्, उनले कसको फिल्म पहिले गर्लान् भन्ने चासो धेरैलाई छ ।

बिहीबार ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गर्ने क्रममा प्रदीपले पहिला दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’ फ्लोरमा जाने जानकारी दिए । यसपछि हेमराज बिसीको फिल्म सकेर मात्रै ‘हुतुतु’ को छायाङ्कन सुरु गर्ने उनले बताए ।

नायक प्रदीप खड्काको आउन लागेका चार फिल्ममध्ये एक हो ‘प्रेम गीत ३’ । फिल्म ‘प्रेम गीत ३’ यही चैत्र २७ गते रिलिज हुनसक्ने अनुमान गरिएको छ । निर्देशक दिनेश राउतको आगामी फिल्म ‘प्रकाश’मा प्रदीप पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

यस्तै निर्देशक हेमराजको फिल्ममा प्रदीपले नायिका साम्राज्ञी आरएल शाहसँग रोमान्स गर्दैछन् भने फिल्म ‘हुतुतु’ पूर्ण रुपमा कमेडीको प्याकेज रहने निर्माता सन्तोष सेन बताउँछन् ।

jackson ribon