birat ribon

गौरादहमा भेटिएको अज्ञात वस्तु सेनाद्धारा डिस्पोज

Neuro
गौरादहमा भेटिएको अज्ञात वस्तु सेनाद्धारा डिस्पोज

विराटनगर । झापाको गौरादह–७ मा भेटिएको अज्ञात वस्तु शनिबार राति नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको छ ।

डिस्पोज गरिएको उक्त वस्तु बम भएको आशंका गरिए पनि यकिन भइसकेको छैन । शनिबार दिउँसो भक्तबहादुर खत्रीको टिक बगानमा उक्त वस्तु भेटिएको हो । १५ वर्षीय गरिमा भुजेलले गाईवस्तु चराउने क्रममा धमिराले खनेको दुलोभित्र डल्लोजस्तो देखेपछि ४० वर्षीय हीमा पौडेललाई सुनाएकी थिइन् ।

cura insider

दुवै जनाले लट्ठीको सहायताले त्यसलाई बाहिर निकालेर हेर्दा प्लाष्टिकको पोको देखेपछि बम भएको हुनसक्ने आशंकामा प्रहरीलाई खवर गरेका थिए । त्यसपछि घटनास्थललाई अस्थायी प्रहरी चौकी जुरोपानीबाट खटिएको टोलीले सुरक्षित राखेको थियो। बमजस्तो देखिने वस्तुलाई चारआलीबाट पुगेको नेपाली सेनाको टोलीले राति ९.१५ बजेतिर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

jackson ribon