birat ribon

सुकुम्बासीलाई चैतबाट लालपूर्जा

Neuro
सुकुम्बासीलाई चैतबाट लालपूर्जा

विराटनगर । मुलुकका विभिन्न स्थानमा रहेका सुकुम्बासीलाई आगामी चैतबाट लालपूर्जा वितरणको तयारी थालिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले १४ स्थानीय तहमा लालपूर्जा वितरण गर्ने तयारी थालेको हो । लालपूर्जा वितरणको तयारी गरिएका स्थानीय तहमा यस सम्बन्धी सम्झौता पहिलो चरणमै भएको थियो । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीन सुकुम्बासीको तथ्याङ्क संकलन तथा जग्गाको नापजाँच फागुनसम्ममा सकिने र चैतदेखि लालपूर्जा वितरण थालिने जानकारी दिए । यस क्रममा देखिएका समस्याको समाधान गर्दै कामलाई अघि बढाएर पूर्जा वितरण गरिने उनको भनाइ छ ।

cura insider

कानुनी आधारमा आयोग गठन भएका कारण देशको पछिल्लो राजनीतिक परिस्थितिले काममा कुनै असर नपर्ने ज्ञवालीले बताए । उनले काम अघि बढाउन विगतमा बनेका आयोगमाजस्तो समस्या नआउने दाबी पनि गरे । आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको बताउँदै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुने जिकिरसमेत गरे ।

jackson ribon