birat ribon

राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन : सञ्चारमन्त्री गुरुङ

Neuro
राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । शनिबार लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै उनले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताए ।

cura insider

उनले भने, ‘मोबाइल, कम्युटरजस्तै राजनीतिलाई पनि अहिले सर्भिसिङ चाहिएकोले हामीले पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा नै विघटन गरेर सर्भिसिङ गर्न थालेका छौँ । राजनीतिक सर्भिसिङले मुलुकलाई नयाँ गति प्रदान गर्नेछ ।’

उनले अब राजनीतिक र औद्योगिक क्रान्तिलाई पनि सँगसँगै लगेर मुलुकको समृद्धि गरिने बताए । सूचना प्रविधिको क्षेत्रमा काम गर्न सरकारी र निजी क्षेत्रसँग मिलेर मात्र सम्भव भएको भन्दै मन्त्री गुरुङले चाँडै नै सूचना प्रविधि लगानी सम्मेलन गर्न थालिएको जानकारी दिए । रासस

jackson ribon