birat ribon

छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै

Neuro
छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै

विराटनगर । आगामी छ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ ।

नेपाल सरकारको लगानीका विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भए पनि विदेशी दाताले निर्माण गरिदिने भवन सम्पन्न हुन अझै केही समय लाग्नेछ । गत २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये सात हजार ५५३ भवनको पुनर्निर्माण भइसकेको छ भने अहिले एक हजार ४६८ विद्यालय भवन निर्माण भइरहेका छन् । जग्गा व्यवस्थापन लगायतका कारण विद्यालय गाभिएकाले ३७० विद्यालय भवन निर्माण गरिरहनु परेन ।

cura insider

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना निर्देशक रामशरण सापकोटाले हालसम्म करिब ८५ प्रतिशत विद्यालय भवनको निर्माण कार्य सम्पन्न भइसकेको बताए । उनले आगामी असार मसान्तसम्ममा क्षतिग्रस्त सबै विद्यालयले नयाँ भवन पाइसकेका जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon