birat ribon

आत्मघाती गोलका कारण युनाइटेड बराबरीमा रोकियो

Neuro
आत्मघाती गोलका कारण युनाइटेड बराबरीमा रोकियो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लेइस्टर सिटीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लेइस्टर र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

लेइस्टरको मैदानमा युनाइटेडले सुरुआती अग्रता बनाएको थियो । २३औं मिनेटमा मार्कुस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

cura insider

३१औं मिनेटमा हाभ्रे बर्नेसले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । खेलको ७९औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए ।

Image

तर, खेल सकिन पाँच मिनेट बाँकी छँदा युनाइटेडका एक्सेल टुनाजेबेले आत्मघाती गोल गरे । यसै आत्मघाती गोलसँगै युनाइटेड जितबाट बञ्चित भयो ।

यससँगै तेस्रो स्थानको लेइस्टरले १५ खेलबाट २८ अङ्क जोडेको छ । युनाइटेड भने २७ अङ्कका साथ चौथो स्थानमा छ । युनाइटेडले लेइस्टरभन्दा एक खेल कम खेलेको छ ।

jackson ribon