birat ribon

सिटीको सहज जित

Neuro
सिटीको सहज जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित दर्ता गराएको छ । आइतबार राति भएको खेलमा सिटीले न्यूकासललाई २–० गोलले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन इल्के गुन्डोगान र फेरान टोरेसले समान एक–एक गोल गरे । खेलको १४औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

५५औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।

यससँगै पाँचौं स्थानको सिटीले १४ खेलबाट २६ अङ्क जोडेको छ । न्यूकासल भने १८ अङ्कसहित १२औं स्थानमा छ ।

jackson ribon