birat ribon

चेल्सीमाथि आर्सनलको सहज जित

Neuro
चेल्सीमाथि आर्सनलको सहज जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोलले हराएको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एलेक्जान्द्रे लाकाजेट, ग्रानित हाका र बुकायो साकाले समान एक–एक गोल गरे । चेल्सीका ट्यामी अब्राहमले एक गोल फर्काए ।

cura insider
Image

खेलको ३४औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ४४औं मिनेटमा हाकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५६औं मिनेटमा साकाले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता तेब्बर बनाएको थियो । ८५औं मिनेटमा अब्राहमले सान्त्वना गोल फर्काए ।

Image

जितसँगै १४औं स्थानको आर्सनलले १५ खेलबाट १७ अङ्क जोडेको छ । चेल्सी भने २५ अङ्ककका साथ सातौं स्थानमा छ ।

jackson ribon