birat ribon

अविश्वासको प्रस्ताव मेरो अगुवाइमा दर्ता हुन्छ – आङ्बो

Neuro
अविश्वासको प्रस्ताव मेरो अगुवाइमा दर्ता हुन्छ – आङ्बो

विराटनगर / प्रदेश १ निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चाँडै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् ।

शनिबार पदमुक्त भएका आङ्बोले आफ्नो अगुवाइमा चाँडै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका हुन् ।

cura insider

नेकपा विभाजनपछि काठमाडौँ पुगेका आङ्बो शनिबार विराटनगर आएका थिए । विराटनगर आएको केही घण्टापछि मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका थिए । पदमुक्त भएपछि कोसी अनलाइनसँग आङ्बोले भने, ‘पदमुक्त गरेर मुख्यमन्त्रीज्यूले बाटो खोलिदिनु भएको छ । अब मेरो अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’

आङ्बोले दुई वर्ष १० महिना आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । दुई वर्ष १० महिना काम गर्ने अवसर प्रदान गरेकोमा उनले मुख्यमन्त्री राईलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेकपा विभाजनपछि प्रदेश १ मा ओली समूहका मुख्यमन्त्री राई अल्पमतमा छन् । अल्पमतमा परेका राई विरुद्ध प्रचण्ड– नेपाल समूहले अविश्वास प्रस्तावको तयारी गरेको थियो । अविश्वासको तयारी हुँदै गर्दा मन्त्रीलाई नै पदमुक्त गरेका हुन् ।

प्रदेश १ प्रदेशसभामा ९३ जना सदस्य छन्, जसमध्ये सत्तारुढ नेकपाको ६७ सदस्य थिए । तर पार्टी फुटेपछि ओली पक्षमा २० जना मात्र छन् । प्रचण्ड–नेपाल पक्षसँग ४७ सदस्य छन् ।
बहुमतका आधारमा सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ । प्रदेशमा काँग्रेसको २१ र अन्य तीन साना दलका पाँच सदस्य छन् ।

मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको नेकपा प्रचण्ड–माधव समूह भित्र कसलाई मुख्यमन्त्रीको रुपमा अघि बढाउने भन्ने विषयमा टुङ्गो लागेको छैन । छलफलपछि आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना रहेकाे नेकपाका एक सांसदले बताए ।

याे पनि :आर्थिक मामिलामन्त्री आङ्बोलाई मुख्यमन्त्रीले हटाए

jackson ribon