birat ribon

प्रदेशमा एक सय ६९ को पिसिआर जाँच, १३ जनाको रिपोर्ट पोजेटिभ

Neuro
प्रदेशमा एक सय ६९ को पिसिआर जाँच, १३ जनाको रिपोर्ट पोजेटिभ

विराटनगर / प्रदेश १ मा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय ६९ जनाको पिसिआर जाँच गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना सङ्क्रमित थपिएका छन् ।

cura insider

झापाको विर्तामोडमा ५, मोरङको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।

प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

jackson ribon