birat ribon

विराटनगर रोडशेष चोकमा सवारी दुर्घटनाः चार जना घाइते

Neuro
विराटनगर रोडशेष चोकमा सवारी  दुर्घटनाः चार जना घाइते

विराटनगर / विराटनगरको रोडशेष चोकमा टेम्पो दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

शनिबार बिहान विराटनगर महानगरपालिका – १० रोडशेष स्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २ ह ४५३५ नम्बरको टेम्पो अनियन्त्रित दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

cura insider

तिब्रगतिमा गुडिरहेको टेम्पो सडकको फूल क्यारीमा ठक्कर भएर दुर्घटना भएको थियो । दुर्घटनामा विराटनगर ५ का ५५ वर्षीय परमेश्वर राजभण्डारी, सोही स्थानका ४३ वर्षीय सुनिलकुमार थापा, विराटनगर – १६ बस्ने ४५ वर्षीय अस्गर अली र विराटनगर ६ बस्ने २० वर्षीय प्रबिण चौधरी घाइते भएका हुन् । घाइते मध्ये राजभण्डारी र थापाको अवस्था गम्भिर छ ।

घाइतेहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

jackson ribon