birat ribon

पाँच सय कोरोना सङ्क्रमित थपिए, थप तीन जनाको मृत्यु

Neuro
पाँच सय कोरोना सङ्क्रमित थपिए, थप तीन जनाको मृत्यु

विराटनगर / नेपालमा पाँच सय कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप पाँच सय कोरोना सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितमध्ये २१३ महिला र २८७ पुरुष छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । सोही अवधीमा ८ सय ४० जना निको भएका छन् ।

cura insider

मन्त्रालयका अनुसार देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । सङ्क्रमितमध्ये २ लाख ४९ हजार १३२ जना निको भएका छन् । एक हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ४९ पुगेको छ ।

jackson ribon