birat ribon

नागरिक समाजद्वारा विरोध प्रदर्शन : ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’

Neuro
नागरिक समाजद्वारा विरोध प्रदर्शन : ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’

काठमाडौँ/नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले शङ्ख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शङ्ख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।

cura insider

नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद् विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तीरैतीर, प्रतिगामीलाई खीरैखीर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

jackson ribon