birat ribon

छक्कबहादुरले छाडे ओलीको साथ, गौरीशङ्करको निर्वाचन क्षेत्रमा पुत्ला दहन

Neuro
छक्कबहादुरले छाडे ओलीको साथ, गौरीशङ्करको निर्वाचन क्षेत्रमा पुत्ला दहन

विराटनगर / हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा ओली पक्षमा लागेका लामाले शनिबार ओलीको साथ छाडेका हुन् । उनी प्रचण्ड– नेपाल पक्षमा लागेका छन् ।

cura insider

ओलीले प्रचण्डको साथ छाडेका पाँच जनालाई शुक्रबार मन्त्री बनाएका थिए । तर ओलीको क्याबिनेटमा लामा परेनन् ।

कार्यकर्ताको सुझाव अनुसार उनले ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् ।

निर्वाचन क्षेत्रमा गौरीशङ्करमो पुत्ला दहन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कडा अभिव्यक्ती दिदै आएका गौरीशङ्कर चौधरी श्रम मन्त्री बनेका छन् ।

प्रचण्ड माधव पक्षका चौधरीलाई ओलीले आफ्नो पक्षमा ल्याएर मन्त्री बनाएका हुन् । पार्टी विभाजनमा मन्त्री पदमा लोभिएको भन्दै चौधरीको निर्वाचन क्षेत्रमा पुत्ला दहन भएको छ ।

कैलाली निर्वाचन क्षेत्र ३ मा चौधरीको पुत्ला दहन भएको हो । मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड-नेपाल समूहले पुत्ला दहन गरेको हो । चौधरीले मन्त्री नियुक्त हुन भन्दा अघि ओलीको विरोध गर्दै आएका थिए ।

jackson ribon