birat ribon

भारतीय नक्कली नोटसहित दुई पक्राउ

Neuro
भारतीय नक्कली नोटसहित दुई पक्राउ

विराटनगर/प्रहरी भारतीय नक्कली नोटसहित दुईजना भारतीयलाई मोरङको दर्बेसाबाट पक्राउ गरेको छ ।

आइतबार बेलुका इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले रङ्गेली–८, दर्बेसाबाट भारतको बौका चोप्राहाका ३० वर्षीय कुन्दन मण्डल र भारतको तिरा बस्ने १८ वर्षीय शिवरन्जन सिंहलाई पक्राउ गरेको हो ।

cura insider

प्रहरीले उनीहरुको साथबाट भारतीय दुई सय दरका जम्मा १७ हजार सात सय रुपैयाँ फेला पारेको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल र एक थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।

jackson ribon