birat ribon

उखु किसानको माइतीघर मण्डलामा प्रदर्शन जारी

Neuro
उखु किसानको माइतीघर मण्डलामा प्रदर्शन जारी

काठमाडौँ/उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौँको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै सङ्घर्ष गरिरहेका छन् ।

cura insider

चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिनाभित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

jackson ribon