birat ribon

भरिया मजदुर राष्ट्रिय अभियानका प्रमुख अतिथि

Neuro
भरिया मजदुर राष्ट्रिय अभियानका प्रमुख अतिथि

काठमाडौँ / जनताको सार्वभौमसत्ता सम्पन्नता बलियो बनाउने अभियान चलाइरहेका अभियानकर्मीहरूको नयाँ केन्द्रीय भेटघाट थलो एक जना भरिया मजदुरले उद्घाटन गरेका छन् । काठमाडौँमा भरिया मजदुरी गर्दै आएका सिन्धुपाल्चोकका भरिया मजदुर केदारबहादुर गौतमले दीयोमा बत्ती बालेर स्वतन्त्र राष्ट्रिय अभियान नेपालको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

शुक्रबार डिल्लीबजार इलाकामा काममा छँदाछँदै अभियानकर्मीहरूले अनुरोध गरेर गौतमलाई कार्यालय उद्घाटनका लागि ल्याएका थिए । उनी हातमा नाम्लो, पातो र बरियोसहित कार्यक्रमस्थल आइपुगेका थिए ।

cura insider

कार्यालय उद्घाटनपछि कार्यक्रम सञ्चालकले केही भनाइ राखिदिन आग्रह गर्दा भरिया मजदुर गौतमले आफूले उद्घाटन गरेको कार्यालय अहिलेका नेताहरूको व्यवहारले दिक्क भएका अभियानकर्मीहरूको भएको थाहा पाउँदा खुसी लागेको बताए ।

महाकाव्यकार, अधिवक्ता तथा अभियानका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईको अनामनगर, घट्टेकुलोस्थित घरमा निःशुल्क प्राप्त कोठामा अभियानको नयाँ केन्द्रीय कार्यालय स्थापना गरिएको हो । अभियानको केन्द्रीय कार्यालय यसअघि बागबजारमा रहेको थियो ।
उद्घाटन समारोहमा वरिष्ठ प्राध्यापक, अध्यापक, अधिवक्ता, पूर्व–सुरक्षा अधिकृत, पूर्व–प्रमुख जिल्ला अधिकारी, पूर्व–मन्त्रीलगायत सयभन्दा बढीको सहभागिता रहेको थियो ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकमा प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्रका लागि अभियान चलाइरहेको छ । त्यसका लागि अभियानकर्मीहरूले निर्वाचनमा अस्वीकारको अधिकार (राइट टु रिजेक्ट), प्रत्याह्वानको अधिकार (राइट टु रिकल), सबै तहमा वास्तविक बहुमतको शासन, दुई दलीय प्रणालीलगायत हाल प्रचलनमा रहेको भन्दा फरक विषयको वकालत गर्ने गरेका छन् ।

उद्घाटन कार्यक्रममा अभियानका केन्द्रीय संयोजक स्वागत नेपाल, अनुशासन समिति सदस्य केपी अधिकारी, शिक्षा विभाग प्रमुख खगेन्द्रप्रसाद चौलागाई, पूर्व–सहसचिव बाबुराम पौडेललगायतले अभियानको आगामी कार्यक्रमबारे चर्चा गरेका थिए ।

jackson ribon