birat ribon

विराटनगरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

Neuro
विराटनगरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

विराटनगर / विराटनगर कन्चनबारी चोकमा सवारी दुर्घटना हुँदा सुनसरी, दुहबी नगरपालिका– १२ का ५२ वर्षीय रामफल माझीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका विराटनगर उपमहानगर– ४ कन्चनबारी चोकमा को १ क २८७८ नम्बरको मिनी ट्रकले को ३१ प २३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर-चालक माझीको मृत्यु भएको हो ।

cura insider

नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक मोरङ, बुढीगङ्गाका ३८ वर्षीय प्रेम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon