birat ribon

यो साता युटुबमा रिलिज भएका तीन नेपाली फिल्म

Neuro
यो साता युटुबमा रिलिज भएका तीन नेपाली फिल्म

विराटनगर/कोरोन कहरका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भएको पनि नौ महिना भइसक्यो । निर्माण भएका फिल्महरु सिनेमा हल बन्द भएका कारण रिलिज गर्ने भनेर तोकिएको समयमा रिलिज हुन सकेनन् । पुस १० गतेबाट सिनेमा हल खुले पनि हलसम्म दर्शक नआएको पाइएको छ ।

कोरोना कहरका कारण नयाँ फिल्म हलमा नआए पनि युटुबमा थुप्रै फिल्महरु रिलिज हुने क्रम जारी छ । यो साता मातै युटुबमा तीन नेपाली हिट फिल्म सार्वजनिक भएको छ । यो साता युटुबमा रिलिज भएको तीन हिट फिल्महरुको सूची यस प्रकार छन् :

cura insider

‘वीर विक्रम २’

फिल्म ‘वीर विक्रम २’ युट्युबमा सार्वजनिक भएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआईको ब्यानरमा निर्माण भएको फिल्म ओएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । दायाहाङ राई र अनुपविक्रम शाही स्टारर फिल्म वीर विक्रम हिट भएपछि निर्देशक चाम्सले वीर र विक्रमको दोस्तीलाई फेरि एकपटक पर्दामा उतारेका हुन् । फिल्म वीर विक्रम २ मा पल शाह र नाजिर हुसेन मुख्य भूमिकामा छन् भने वर्षा सिवाकोटी अपोजिटमा देखिएकी छन् । प्रेम र दोस्तीको कथामा आधारित फिल्ममा बुद्धि तमाङ नेगेटिभ रोलमा देखिएका छन् ।

फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा एवम् संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बू र राजनराज सिवाकोटीको सङ्गीत, नवराज उप्रेतीको छायांकन र वनिष शाहको सम्पादन रहेको छ ।

‘छक्का पञ्जा–३’

प्रतीक्षारत फिल्म ‘छक्का पञ्जा–३’ लामो समयपछि बुधबार युटुबमा सार्वजनिक भएको छ । ५१ दिनसमेत मनाएको यो चलिचत्र हाइलाइट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले आज फेसबुकमा एक स्ट्याटस लेख्दै आज छक्का पञ्जा–३ सावजनिक गर्ने जनाएका थिए ।

छक्का पञ्जा र ‘छक्का पञ्जा २’ को सफलतापछि दीपक र दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ को निर्माण गरेका हुन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकका साथ दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायतका कलाकारको मुख्य भूमिका छ ।

‘साङ्लो’

एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ युटुबमा सार्वजनिक भएको छ ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका विराज आफैँले फिल्म ‘साङ्लो’ लाई निर्माण तथा निर्देशन गरेका हुन् । फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।

किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्ममा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।

‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

jackson ribon