birat ribon

सुलोचनाका दुई कविता

Neuro
सुलोचनाका दुई कविता
सुलोचना

गाजल

गाजल
हो लक्ष्मणरेखा
सुखले कोरेको
आँखाको सङ्घारमा
आँसुको निम्ति ।

cura insider

दुःखको रावण
आइरहन्छ
पहिरन फेर्दै
पटक–पटक ।
०००

आकार

सबलाई थाह छ
कि उसले बेल्न सक्दैन
जूनजस्तो गोलो रोटी
र न त बेल्न सक्छ
समभुज त्रिकोणजस्तो परौठा ।

तर उसले भर्छ केही मान्छेहरूका पेट
ल्याएर चामल, पिठो, नुन र घ्यू
साथै ल्याउँछ अन्य थुप्रै आवश्यक सामान
जुन हुनुपर्छ कुनै भान्छाघरमा ।

हो शुद्ध कलात्मक क्रिया
पेट भर्न सक्नु, आफ्नो र अरुको
कि जहाँ पेट भरिएको हुन्छ
मान्छेहरू नियाल्न सक्छन् जुनलाई घन्टौँसम्म
र चर्चा गर्न सक्छन् त्यसको गोलाइको ।

भरिएको पेटले दिन्छ दृष्टिकोण
कि कसैले देख्न सकोस्
बराबर छ त्रिभुजको हरेक कोण ।

सामान्य हो बेल्न नसक्नु
रोटी र परौठा
कमाएर ल्याउन पनि सामान्य नै छ ।

असामान्य हो समाजले स्वीकार गर्नु
एउटी यस्ती महिलालाई, जसले सबैको पेट भर्छ
तर बेल्न सक्दैन सही आकारको रोटी र परौठा ।

भान्छाघरबाहिर अमिबाजस्तो देखिन्छे नारी ।

अनुवाद : चन्द्र गुरुङ

jackson ribon