birat ribon

यी खानाको सेवनले कलेजोलाई स्वस्थ र सुरक्षित राख्छ

Neuro
यी खानाको सेवनले कलेजोलाई स्वस्थ र सुरक्षित राख्छ

विराटनगर/शरीरको विषाक्त निस्कासन गर्न, कार्बोहाइड्रेटलाई टुक्राएर ग्लूकोज बनाउनका लागि जिम्मेवार कलेजो शरीरको एक महत्वपूर्ण अङ्ग हो ।

कलेजोले अत्यावश्यक पोषक तत्वहलाई भण्डार गरी पित्त सिर्जना गर्छ, जुन खानाबाट पोषण तत्व लिनका लागि आवश्यक हुन्छ । कलेजोमा हुने सबै जोखिम कारकलाई व्यवस्थापन गर्न सम्भव हुँदैन । तर, केही खाद्य पदार्थको सेवनले कलेजो स्वास्थ्यलाई बढावा दिन र यसलाई सुरक्षित राख्न सक्छ ।

cura insider

कफीको सेवनले कलेजोको बोसोका कारण हुने रोगबाट बचाउँछ । यसले पुरानो कलेजोको रोगको जोखिमलाई कम गर्न मद्दत गर्नुका साथै कलेजोको क्यान्सर जस्ता गम्भीर समस्याबाट समेत सुरक्षा प्रदान गर्छ । कफीको सेवनले कलेजोमा फ्याटको मात्रा कम गर्छ । कफीमा हुने तत्वले कलेजोलाई क्यान्सर निम्त्याउने पदार्थबाट मुक्त गराउँछ ।

नियमित खानामा लसुन समावेश गर्नाले शरीरको तौल र फ्याट सामग्री कम गरेर रक्सीको सेवन नगर्दा पनि हुने कलेजोको रोगबाट पीडित व्यक्तिमा समेत फाइदाजनक हुन्छ । कलेजोको रोग हुनसक्ने जोखिममा रहेका मोटोपना वा बढी तौल भएका मानिसका लागि लसुनको सेवनले फाइदा पुर्‍याउँछ ।

धेरै फ्याट कलेजोका लागि राम्रो मानिदैन तर, खानामा जैतुनको तेलको सेवनले अक्सिडेटिभ स्ट्रेस कम गर्न र कलेजोलाई सुधार गर्न मद्दत गर्छ । फाइबरले भरिएको जौमा बिटा–ग्लुक्सन नामक तत्व पनि उच्च मात्रामा हुन्छ । बिटा–ग्लुक्सनले प्रतिरक्षा प्रणाली परिमार्जन गर्न र सुन्निने समस्या (इन्फ्लामेसन) लाई कम गर्न मद्दत गर्छ । यसको सेवनले कलेजोमा रहेको फ्याटको मात्रा घटाई कलेजोको रक्षा गर्न मद्दत गर्छ ।

ग्यास्ट्रोएन्टेरोलोजीको वल्र्ड जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सबै एन्टिअक्सिडेन्टले भरिएको अङ्गुर, अङ्गुरको रस र अङ्गुरको बीउको सेवनले कलेजोको स्वास्थ्यलाई बढावा दिनुका साथै इन्फ्लामेसनलाई कम गरी कलेजोको क्षति रोक्छ । सोही अध्ययनमा ग्रीन टीको सेवनले समग्र फ्याट सामग्रीलाई कम गर्न, अक्सिडेटिभ स्ट्रेसविरूद्ध लड्न र रक्सीको सेवन नगर्दा पनि हुने कलेजोको रोगको लक्षण कम गर्न मद्दत गर्छ ।

एभोकाडो, केरा, जौ, ब्रोकाउली, ब्राउन राइस, गाँजर, कागती, मेवा, तरबुजाजस्ता विभिन्न किसिमका खानालाई दैनिक खानामा समावेश गर्दा कलेजोलाई विभिन्न प्रकारको रोगबाट जोगाउन सकिन्छ ।

फ्याट भएको माछा र माछाको तेल ओमेगा थ्री फ्याट्टी एसिडमा धनी हुन्छन्, जसले इन्फ्लामेसनलाई कम गर्न मद्दत गर्छ । यी फ्याटहरूले शरीरमा अधिक फ्याट बढ्न रोकेर कलेजोमा इन्जाइमको स्तरलाई कायम राख्छ । हप्ताको दुई चोटि फ्याट भएको माछाको सेवन गर्न सकिन्छ । त्यसो गर्न नसके डाक्टरको सल्लाहमा माछाको तेलको प्रयोग गर्न सकिन्छ ।

कलेजोलाई स्वस्थ राख्नका लागि ड्राइ फ्रुट्सको सेवन गर्न सकिन्छ । फ्याट्टी एसिड, भिटामिन ई र एन्टिअक्सिडेन्टलगायतका तत्वले इन्फ्लामेसन र अक्सिडेटिभ स्टेसलाई कम गर्न मद्दत गर्छ । एक मुट्ठी बदाम वा ओखर खानु कलेजोको स्वास्थ्यलाई फाइदाजनक हुनसक्छ ।

jackson ribon