birat ribon

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

Neuro
गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी / म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अस्पताल बनाउने विवाद गाउँसभामा अल्झिएको छ । १० बेडको अस्पतालका लागि बजेट विनियोजन भएपनि ठाउँ छनाेटको विवाद गाउँसभामा अल्झिएको हाे ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि पुस १३ गतेसम्मका लागि स्थगित भएको छ ।

cura insider

थप छलफल र अध्ययन गर्नुपर्ने भएकाले अस्पताल विवाद टुङ्ग्याउन सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । रासस

jackson ribon