birat ribon

तीन दिन बाक्लाे हुस्सु लाग्ने सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

Neuro
तीन दिन बाक्लाे हुस्सु लाग्ने सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

विराटनगर / पश्चिमी वायूको प्रभावका कारण तीन दिन बाक्लाे हुस्सु लाग्ने र चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण तराईका भूभागका केही स्थानमा बाक्लो हस्सु लाग्ने लागेको छ ।

cura insider

शनिबार दिउँसो सातै प्रदेशमा मौसम सामान्य रहनेछ । आइतबार भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाे विभागले जनाएको छ ।

jackson ribon