birat ribon

संसद् विघटनमा ओलीलाई देउवाको साथ,पुनर्स्थापनाको विषयमा नबोल्न देउवाको निर्देशन

Neuro
संसद् विघटनमा ओलीलाई देउवाको साथ,पुनर्स्थापनाको विषयमा नबोल्न देउवाको निर्देशन

विराटनगर । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्ध नबोल्न नेताहरुलाई निर्देशन दिएका छन् ।

आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो । तर, सभापति शेरबहादुर देउवाले असंवैधानिक कदमबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा भने नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् ।

cura insider

सभापति देउवाले पार्टीले आधिकारिक रूपमा प्रतिनिधिसभाको पुनर्स्थापना विषयमा कुनै धारणा नराख्ने स्पष्ट पारेका छन् । अदालतको निचोडपछि मात्रै पार्टीले रणनीति बनाउन सक्ने भन्दै अदालतको फैसला कुर्नुपर्ने उनको भनाइ छ ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा सभापति देउवाले विरोधका क्रममा पार्टीले सरकारको असंवैधानिक कदमको विरोध गर्ने, तर प्रतिनिधिसभा पुनस्र्थापनाको माग नगर्ने बताएका थिए । अर्काे बैठक पुस १९ गते बस्नेछ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

jackson ribon