birat ribon

कामचलाउ प्रधानमन्त्रीकाे शाही शैली : प्रदेशमा हारेकालाई मन्त्री उपहार

Neuro
कामचलाउ प्रधानमन्त्रीकाे शाही शैली : प्रदेशमा हारेकालाई मन्त्री उपहार

विराटनगर । संसद् विघटन पछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले शाही शैलीमा मन्त्रीहरु नियुक्त गरेका छन् । कामचलाउ प्रधानमन्त्रीले प्रदेश सभामा पराजित भएका उम्मेद्वारसहित ८ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

संसद् विघटन पछि ओली संविधानको धारा ७७ अनुसार उनी स्वतः कामचलाउ भएका छन् । प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकालाई मन्त्री बनाएका हुन् ।

cura insider

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेकाले ओली पदमुक्त भएका छन् । कामचलाउ बनेपछि पनि उनले शुक्रबार भारी मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गरेर विगतमा जस्तै कार्यकारी अधिकार प्रयोग जारी राख्ने संकेत दिएका छन् ।

प्रतिनिधिसभा विघटन गर्दा गिरिजाप्रसाद कोइरालाले ०५१ मा, मनमोहन अधिकारीले ०५२ मा र शेरबहादुर देउवाले ०५९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीले राजीनामा दिएका छैनन् ।

‘चुनाव घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । अघिल्लो निर्वाचनले बनाएको संसद् नै भंग भएको छ । अर्को चुनाव हुन बाँकी नै रहेको अवस्थामा यो अन्तरिम सरकार हो,’ पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, ‘ सरकारकाे काम नियमित प्रशासन चलाउने र निर्वाचन गर्ने मात्रै हो ।’

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछि ‘कामचलाउ’ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार पूर्वमाओवादीलाई आकर्षित गर्ने रणनीतिक कदमका रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पार्टी विभाजनपछि आफ्नो समूहमा रहेर साथ दिने पूर्वमाओवादी समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सिफारिसमा पूर्वमाओवादी समूहका पाँच तथा पूर्वएमाले समूहका चारजनालाई मन्त्री नियुक्त गरेका छन् । एकजनालाई राज्यमन्त्री नियुक्त गरेका छन् । ६ मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेका छन् । ३ फागुन ०७४ पछि प्रधानमन्त्री ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गरेका हुन् ।

ओलीले नेकपामा स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी ऊर्जा र मणि थापा खानेपानी तथा सरसफाइमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री भइसकेका रायमाझीले मन्त्रीको मात्रै हैसियत पाएका छन् । थापा भने पहिलोपटक मन्त्री बनेका हुन् ।

केन्द्रीय सदस्यहरू प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम तथा दावा लामा युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । उनीहरू सबै पूर्वमाओवादी समूहका हुन् । खेलकुदमन्त्री लामा गत निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश ‘ख’मा पराजित भएका थिए । रायमाझी र थापाबाहेकका नेताहरू बिहीबार कार्की बैंक्वेट बबरमहलमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सामेल भएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

jackson ribon