birat ribon

इलेक्ट्रा इलेक्ट्रिकको एन्टी ब्याक्टेरियल स्विच र राइनो एफआरएलएस तार बजारमा

Neuro
इलेक्ट्रा इलेक्ट्रिकको एन्टी ब्याक्टेरियल स्विच र राइनो एफआरएलएस तार बजारमा

विराटनगर / इलेक्ट्रा इलेक्ट्रिकले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ । स्थापना भएको पाँचौ वार्षिकोत्सवको अवसर शुक्रबार चर्चित ब्राण्ड इलेक्ट्राले दुई उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीका अध्यक्ष सत्यनारायण अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र नेपाली चर्चित नायिका केकी अधिकारीले कम्पनीका नयाँ उत्पादन एन्टी ब्याक्टेरियल अमोर स्विच र राइनो एफआरएलएस वायर सार्वजनिक गरे ।

cura insider

कम्पनीका अनुसार अमोर स्विच नेपालकै पहिलो र एकमात्र एन्टी ब्याक्टेरियल स्वीच हो । ९९.९९ प्रतिशत भाइरसबाट सुरक्षित रहेको कम्पनीको दाबी छ ।

कोरोना भाइरस सङ्क्रमणले सबैलाई आक्रान्त बनाएको बेला उपभोक्तालाई सुरक्षित राख्ने उद्देश्यका साथ नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका प्रबन्धक गोपाल अग्रवालले जानकारी दिए ।

कम्पनीले सार्वजनिक गरेको राइनो एफआरएलएस वायरमा आगो नफैलिने र तारमा आगो लागि हाले पनि हानिकारक विषालु धुँवा नफैलिने कम्पनीको दाबी छ । इलेक्ट्रा इलेक्ट्रिकको उत्पादन सार्वजनिकीकरण कार्यक्रममा कम्पनीका देशैभरका होलसेल एवम् खुद्रा बिक्रेता र विराटनगरका अन्य व्यवसायीहरुको उपस्थिती थियो ।

jackson ribon