birat ribon

यस्ता छन् महिनावारी समयमा नहुने दस कारण

Neuro
यस्ता छन् महिनावारी समयमा नहुने दस कारण

विराटनगर / महिनावरी रोकिदा र अनियमित हुँदा सामान्यतया गर्भावस्थाको संकेतको रूपमा लिइन्छ । तर, धेरै महिलाहरूको लागी रोकिएको वा अनियमित महिनावारी गैर–गर्भावस्था सम्बन्धित कारण हुनसक्छ ।

महिनावारीको चक्र २८ दिनसम्म रहन्छ । २१ देखि ३५ दिनको समयलाई पनि स्वस्थ मानिन्छ, किनकि एक महिलाको शरीरमा धेरै परिवर्तन हुनसक्छ । तर, ३५ दिन भन्दा अधिक लामो समयसम्म महिनावारी नभएमा चिन्ताको कारण बन्न सक्छ । महिनावारी अनियमित हुने दस कारण यस्ता छन्ः

cura insider

हर्मोनल परिवर्तनः हर्मोनल परिवर्तन तथा असंतुलनका कारण महिनावारी अनियमित हुनु सबैभन्दा मुख्य कारण मध्ये एक हो । पोलीसिस्टिक ओभ्यारी डिसअर्डर (पिसिओडी) र पोलीसिस्टिक ओभ्यारी सिन्ड्रोम (पिसिओएस) सामान्य कारण हुन् ।

तनावः महिनावारी अनियमित पार्नका लागी तनाव सबैभन्दा ठूलो अवरोध मध्ये एक हुनसक्छ । तीव्र तनावबाट गुज्रिरहेका महिलामा दुई महिनासम्म पनि महिनावारी नहुन सक्छ ।

एनेमिया वा आइरनको कमीः एनेमिया र शरीरमा आइरनको अभाव सामान्यतया प्रजनन उमेरका महिलाले अनुभव गरिरहेका हुन्छन् । कुनै महिलामा आइरनको कमी भएमा वा शरीरले उचित तरिकाले आइरन समाहित गर्ने समस्याह भएका शरीरमा रगत प्रवाहलाई असर गर्न सक्छ, जसको परिणाम स्वरूप महिनावारी अनियमित हुनेगर्छ ।

गर्भ नियन्त्रण गर्ने औषधीको सेवनः केही महिलालाई महिनावारी नियमित गर्नको लागी गर्भ नियन्त्रण गर्ने औषधीको सेवन गर्न समेत सल्लाह दिईन्छ । तर, गर्भ नियन्त्रण गर्ने औषधीको सेवनका कारण महिनावारीको अनियमितता बाट ग्रस्त हुन सक्छन् । साथै, दीर्घकालीन रुपमा गर्भ नियन्त्रण गर्ने औषधीको प्रयोगले महिनावारि अनियमित बनाउनुका साथै चाडै महिनावारी समेर रोकाउन सक्छ ।

दीर्घकालीन रोगः मधुमेह, पेटसम्बन्धी बिभिन्न समस्या, शरीर सुन्निने समस्या तथा गम्भीर रोग भएका महिलामा शरीरमा पोषण तत्वको कमी, हर्मोन परिवर्तन तथा अनियमित महिनावारीको समस्या हुन सक्छ ।

थाइराइडको समस्याः शरीरको थाइराइड ग्रंथीले मेटाबोलिजम, हार्मोनल उत्तेजना र प्रजनन प्रणालीलाई पनि नियमित गर्छ । थाइराइड ग्रंथीले धेरै वा थोरै काम गरेमा विभिन्न समस्या निम्त्याउन सक्छ । औषधीले सामान्यतया समस्यालाई कम गर्न सक्छ, तर थाइराइडको स्तर र लक्षणलाई नियमित रूपमा जाँच गरि हेरचाह गर्नुपर्छ ।

अत्याधिक व्यायामः प्रशिक्षित खेलकुद महिला, प्रायः लामो समयसम्म अत्याधिक व्यायाम गर्ने, वा कम क्यालोरी सेवन गर्नाले हार्मोनल आपूर्तिमा कमी आउँछ जसले नियमित महिनावारीमा अवरोध पुर्‍याउन सक्छ ।

शरीरको तौल कम हुँदाः उमेरको तुलनामा सामान्य शरीरको तौलभन्दा कम हुने महिलको ओभुलेसन सहितको शरीरको महत्त्वपूर्ण काममा बाधा आउने गर्छ ।

मोटोपना: जसरी शरीरको कम तौलले शरीरको कार्य र महिनावारीमा अवरोध पुर्‍याउन सक्छ, त्यसरी नै शरीरको अत्यधिक तौल वा मोटोपनको समस्या हुनुले पनि हार्मोनल परिवर्तन ल्याउन सक्छ ।

पेरिमेनोपजको समयः पेरिमेनोपजको समय अर्थात महिनावारी रोकिने समय सुरू हुनु अघि पनि महिनावारी अनियमित हुनसक्छ । धेरै जसो ४० देखि ५५ वर्ष उमेर समूहका महिलाले यो अनुभव गर्छन् । केही महिलाले ४० वर्ष भन्दा पहिलेसमेत महिनावारी हुने लगायतका रिमेनोपाजको लक्षण विकास गर्न सक्छन् ।

वैज्ञानिक रूपमा, हार्मोनल वा स्वास्थ्य अवस्था नभएमा र महिनावारीको चक्र समाप्त भएदेखि ३० दिन भन्दा बढी भइसकेमा महिनावारी नभए ढिलाई भएको बुझिन्छ ।

महिनावरी नभएको छ हप्ता बित्यो भने यो चिन्ताको कारण हुनसक्छ । जीवनशैली र खाने बानीमा आएको परिवर्तन अनियमित महिनावरी हुनुको कारण हुनसक्छ ।

एक वर्षमा ६ देखि ७ पटक मात्र महिनावरी भएमा वा असामान्य रूपमा लामो समयपछि महिनावरी भए डाक्टरसँग परामर्श लिनुपर्छ ।

jackson ribon