birat ribon

प्रधानमन्त्री ओलीले नाै मन्त्री,पाँच जना पूर्व-माओवादी समूहका (अपडेट)

Neuro
प्रधानमन्त्री ओलीले नाै मन्त्री,पाँच जना पूर्व-माओवादी समूहका (अपडेट)

काठमाडाैँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा ९ जना सदस्य थपेका छन् । शुक्रबार ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।

मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतो र विमला विश्वकर्मा थपिएका हुन् । थपिएका ९ मध्ये विश्वकर्मा राज्यमन्त्री हुन् । नौ जनाले नै शुक्रबार नै सपथग्रहण गरेका छन् ।

cura insider

रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, साहलाई शहरी विकास, थापा खानेपानी तथा सरसफाइ, चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन आले वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

थपिएका मध्ये पाँच जना प्रचण्डकाे साथ छाडेर ओली समूहमा आएकाहरू हुन् ।टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङ प्रचण्ड निकट थिए ।

महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् । विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

jackson ribon