birat ribon

नेपालले भने ‘ओली गणतन्त्र विरोधी’, खनालको टिप्पणी : गोमन सर्पजस्तै

Neuro
नेपालले भने ‘ओली गणतन्त्र विरोधी’, खनालको टिप्पणी : गोमन सर्पजस्तै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका छन् । ४९ वर्ष सहकार्य गरेको बताउँदै नेपालले ओली गणतन्त्र विरोधी रहेको बताएका हुन् ।

शुक्रबार प्रचण्ड– नेपाल पक्षले आयोजना गरेको पत्रकार सम्मेलन अध्यक्ष नेपालले भने ‘ केपी शर्मा ओली कम्युनिस्टहोइन, गणतन्त्र विरोधी मान्छे हो ।’ उनले ओली संघियता विरोधी पनि भएको बताए ।

cura insider

केपी ओलीसँग ४९ वर्ष सहकार्य गरेको बताउँदै नेपालले प्रचण्डसँग ३५ वर्ष सहकार्य गरेर काम गरेको बताए । उनले आधिकारिक पार्टी आफूहरु रहेको बताए ।

प्रचण्ड– नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सार्प जस्तै भएको बताएका छन् । पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ’ उनले भने ।

उनले नेकपाको आधिकारिक आफूहरु भएकाले केपी ओली समूह रुखको बोक्रा मात्र भएको बताए ।

jackson ribon