birat ribon

६ सय आठ काेराेना सङ्क्रमित थपिए, थप नौ जनाको मृत्यु

Neuro
६ सय आठ काेराेना सङ्क्रमित थपिए, थप नौ जनाको मृत्यु

विराटनगर / नेपालमा थप ६ सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा आठ सय ९२ जना सङ्क्रमण मुक्त भएका छन् । नौ जनाको मृत्यु भएको छ ।

cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार दुई सय पुगेको छ ।

सङ्क्रमित मध्ये दुई लाख ४८ हजार २ सय ९२ डिस्चार्ज भएका छन् । मृतकको सङ्ख्या एक हजार आठ सय १६ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सात हजार ९२ जना सक्रिय सङ्क्रमित छन् ।

jackson ribon