birat ribon

आइतबार प्रदेश १ मा चार सय १५ कोरोना सङ्क्रमित निको भए

Neuro
आइतबार प्रदेश १ मा चार सय १५ कोरोना सङ्क्रमित निको भए

विराटनगर । पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा चार सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार होम आइसोलेशनबाट तीन सय ९९, इलाम अस्पताबाट आठ, विराट मेडिकल कलेजबाट छ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २६ हजार सात सय दस पुगेको छ । प्रदेश १ मा आज ४० जना सङक्रमित थपिएका छन् । झापामा १२, मोरङमा दस, सुनसरीमा नौ, इलाममा तीन, सङ्खुवासभामा दुई, भोजपुर र सोलुखुम्बुमा एक–एक जना र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ ।

cura insider

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार छ सय १४ पुगेको छ ।

प्रदेश १ मा आज तीन सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म प्रदेशमा दुई लाख छ हजार सात सय २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

jackson ribon