birat ribon

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, आज नयाँ मन्त्रीहरू थपिने सम्भावना

Neuro
ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, आज नयाँ मन्त्रीहरू थपिने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार साँझ ६ बजेका लागि उनले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ । यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारका सात जना मन्त्रीहरूले असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका थिए ।

cura insider

खाली रहेको सो ठाउँमा नयाँ अनुहार मन्त्री बन्न लागेको बताइएको छ । आज थपिने मन्त्रीहरूमा नेता टोपबहादुर रायमाझीको नाम सबैभन्दा अग्रपङ्तिमा रहेको बताइएको छ ।

jackson ribon