birat ribon

हाल भाइरसको नयाँ प्रकार दुई कारणले धेरै चिन्ताजनक

Neuro
हाल भाइरसको नयाँ प्रकार दुई कारणले धेरै चिन्ताजनक

विराटनगर । कोभिड १९ रोग फैलाउने भाइरस सार्स कोभ २ को एक नयाँ संस्करण बेलायतमा फेला परेको छ । युरोपियन युनियनका धेरै सदस्यहरूले बेलायतको भ्रमण गर्न र त्यहाँबाट आउने यात्रालाई निषेध गरेका छन् भने केही कडा नियमसमेत लागू गरेका छन् ।

फेला परेको भाइरसको नयाँ भेराइन्ट पहिलेको भन्दा ६० देखि ७० प्रतिशत बढी सङ्क्रामक हुने देखिएको छ । प्राकृतिक विकसित प्रक्रियाको भागको रूपमा, आरएनए आधारित भाइरसको आनुवंशिक सामग्रीमा विभिन्न परिवर्तन (म्युटेसन) हुने गर्छ ।

cura insider

र, भाइरसमा उत्परिवर्तन द्रुत गतिमा हुने गर्छ । भाइरसले कोषमा आफ्ना प्रतिलिपि बनाइरहेको बेलामा त्रुटि फेला पार्न कुनै मेकानिजम हुँदैन, जसकराण सम्भवतः उत्परिवर्तन हुँदा भिन्न प्रकारको संस्करणमा परिणत हुन्छ ।

उदाहरणको लागि, एक सामान्य रुघाखोकी निम्त्याउने भाइरसले आफ्नो आनुवंशिक सामग्री छिटो र बारम्बार परिवर्तन गर्छन् जसका लागि वैज्ञानिकहरूले हरेक साल एक नयाँ खोप बनाउनु पर्ने हुन्छ ।

शरीरको प्रतिरक्षा वा प्रतिरोधात्मक प्रतिक्रियाबाट बच्न, सार्स–कोभ २ को जिनोमले चीनमा भएको पहिलो उत्पत्तिपछि पनि धेरै उत्परिवर्तनहरू गरिसकेको छ, जसमध्ये धेरैजसो अहिलेसम्म चिन्ताजनक देखिएको छैन ।

विज्ञका अनुसार भाइरसको नयाँ स्ट्रेन चिन्ताको कारण हो, तर यसबिरूद्ध सावधानी अपनाउनुपर्छ । सेलुलर एण्ड मोलेक्युलर बायोलजी (सीसीएमबी) का निर्देशक डा. राकेश मिश्रा भाइरसको नयाँ संस्करणले यसको स्पाइक प्रोटीनको अंश (रिसेप्टर बाइन्डिङ्ग डोमेन) लाई परिवर्तन गरेको छ र जसकारण भाइरस पहिलेको तुलनामा अझ प्रभावकारी रूपमा फैलिरहेको छ । उनका अनुसार हालको उत्परिवर्तन दुई कारणले धेरै चिन्ताजनक देखिएको छ ।

पहिलो, उत्परिवर्तन भएपछि भाइरसले सेल रिसेप्टरलाई छिटो फेला पारेको देखिन्छ, जसले भाइरसलाई शरीरभित्र छिर्न छिटो मद्धत गरिरहेको छ । अर्को कुरा नयाँ प्रकारको भाइरसमा देखिएको भाइरल लोड हो । नयाँ संस्करणको भाइरसबाट सङ्क्रमित व्यक्तिमा भाइरल कण धेरै बढी हुन सक्छ, जसले कोषको भित्र अधिक प्रतिलिपी बनाई थप सङ्क्रामक बन्न सक्छ ।

नयाँ संस्करणबाट सङ्क्रमित भएमा पहिलेको लक्षणमा धेरै परिवर्तन नहुन सक्छ र मृत्युदर पनि समान रहन्छ । तर, भाइरस पहिलेको तुलनामा छिटो फैलियो भने यसले अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्यालाई बढाउन सक्छ ।

सामान्यतया, उत्परिवर्तन अनियमित हुने हुँदा यसको पूर्वानुमान गर्न धेरै गाह्रो हुन्छ । हल्का संस्करण देखा पर्न र कसैले ध्यान दिनुअघि नै हराएर जान्छ ।

भाइरस जिनोमको विभिन्न गुण ठूलो मात्रामा देखिएपछि मात्र घातक उत्परिवर्तनमा ध्यान दिइन्छ । भाइरसमा हुने केही उत्परिवर्तन भाइरसको लागि नै हानिकारक हुन्छन् र समयसँगै हराउँदै जान्छन् । तर, केही भाइरसलाई उत्परिवर्तनले लाभ दिन सक्छ । यस्ता घातक संस्करण मात्र थाहा पाउने एक प्रसिद्ध भाइरोलजिस्ट डा. शाहिद जमील बताउँछन् ।

वर्तमान खोपहरूले भाइरसको नयाँ स्ट्रेनबिरूद्ध पनि काम गर्ने विज्ञहरूले विश्वास राखेका छन् । भाइरसको विभिन्न भागहरूलाई लक्षित गर्ने खोपले उत्परिवर्तन पछि पनि उनीहरूको प्रभावकारिता कायम राख्न सक्छ ।

तर, एमआरएनए खोपहरूले प्रोटिन स्पाइकको विशिष्ट अंशलाई लक्षित गर्ने हुँदा त्यस क्षेत्रमा उत्परिवर्तन भएमा खोपले आफ्नो प्रभावकारिता गुमाउने जोखिम बढाउँछ ।

दुवै फाइजर र मोडर्नाको खोप एमआरएनए प्रविधिमा आधारित छन् । हाल भएको भाइरसको उत्परिवर्तन स्पाइक प्रोटिनमा भएपनि अहिलेको खोप वरिपरिको स्ट्रेन लगभग त्यति नै प्रभावकारी हुने सङ्केत देखाएको छ ।

भाइरसले आफ्नो प्रकृतिलाई अझ बढी परिवर्तन गरेर बढी घातक भए मात्र चिन्ताको विषय सुरु हुन्छ ।

jackson ribon