birat ribon

प्रदेशमा अविश्वास प्रस्ताव र राजीनामाका लागि निर्देशन पर्खिँदै मन्त्री

Neuro
प्रदेशमा अविश्वास प्रस्ताव र राजीनामाका लागि निर्देशन पर्खिँदै मन्त्री

विराटनगर / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको बादल सघन भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनलगत्तै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । प्रदेश १ सरकारमा मुख्यमन्त्री राई स्पष्टतः अल्पमतमा भएको निष्कर्षसहित दुई–तीन दिनभित्रै अविश्वासको प्रस्ताव दर्ता हुने स्रोतले बताएको छ ।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फुटेको नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार वाग्मती प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश १ का ओली पक्षका नेता मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने सूचना आएको बताउँछन् । ‘तयारी भइरहेको जानकारी आएको छ,’ एक नेताले भने, ‘आयो भने संसद्मा फेस हुन्छ ।’

माधव–प्रचण्ड समूहका एक प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको बताए । ‘दर्ता गर्ने गृहकार्य हुँदै छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती सांसदले भने, ‘अविश्वासको तयारी केही दिनअघिबाट सुरु भएको हो ।’

पार्टी विभाजनपछि प्रदेश १ मा ओली पक्षका नेता शेरधन राई नेतृत्वको सरकार अल्पमतमा छ । प्रदेशमा ९३ सांसद छन्, जसमा नेकपा एक्लैको ६७, काङ्ग्रेसको २१ र साना दलका पाँच सांसद छन् । पार्टी विभाजनपछि ६७ मध्ये ओली पक्षमा २० सांसद खुलेका छन् । प्रचण्ड–नेपाल पक्षले आफूहरूसँग ४७ सांसद रहेको दाबी गरेका छन् ।

यता, पार्टी विभाजनपछि प्रदेशका प्रचण्ड–नेपाल पक्षका मन्त्री राजीनामाका लागि निर्देशनको पर्खाइमा छन् । ‘अहिलेसम्म माथिबाट निर्देशन आएको छैन,’ एक मन्त्रीले भने, ‘निर्देशन आए राजीनामा दिन्छौँ ।’

पार्टी विभाजनको मुखमा परेको सङ्कटपूर्ण अवस्थामा मुख्यमन्त्री शेरधन राईले ६ पुसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । तर सो बैठकमा प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो सहभागी भएनन् । तीन राज्यमन्त्रीसहित प्रदेश सरकारमा प्रचण्ड–नेपाल समूहका पाँच सदस्य छन् ।

बैठकमा दुई राज्यमन्त्री भने सहभागी भएका थिए । ढिलो गरी सूचना आएका कारण बैठकमा सहभागी हुन नपाएको सामाजिक विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश १ को प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । प्रमुख सचेतक केदार कार्कीले तत्काल संसद अधिवेशन बोलाउन माग गरे । कोरोना नियन्त्रण, विकास खर्च र अन्य विषयमा छलफल गर्नु पर्ने भएकाले तत्काल बैठक बोलाउनु पर्ने उनले बताए ।

jackson ribon