birat ribon

अत्यधिक तौल घटाउन पानी महत्त्वपूर्ण

Neuro
अत्यधिक तौल घटाउन पानी महत्त्वपूर्ण

विराटनगर । पानी पिउँदा शरीरको अत्यधिक तौल घटाउन मद्धत गर्छ । अध्ययनका अनुसार खाजा तथा खाना खानु आधा घण्टाअगाडि एक गिलास पानी पिउँदा धेरै खानबाट बच्न सकिन्छ ।

खानाअघि पानी पिउँदा भोजनको समयमा सेवन गर्ने क्यालोरीको मात्रा १३ प्रतिशतले कम हुन्छ । तौल घटाउनुका साथै पानीले विषाक्तलाई हटाई शरीरलाई डिटक्सिफाई गर्न पनि मद्दत गर्छ । शरीरमा पर्याप्त पानी भएका सहज ढङ्गले काम गर्ने, तथा शरीरले जलाउने क्यालोरीहरूको सङ्ख्यालाई बढाउँछ ।

cura insider

शरीर डिहाइड्रेटेड हुँदा सजिलै शरीरबाट फोहोर र विषाक्त पदार्थ हटाउन सक्छ । पानीले मृगौलालाई विषाक्त पदार्थ फिल्टर गर्न मद्दत गर्छ । शरीर डिहाइड्रेटेड हुँदा, मृगौलाले तरल पदार्थ पनि कायम राख्छ ।

डिहाइड्रेसनको कारण खाना अपच भइ कब्जियतको पनि समस्या हुन सक्छ । पानीले कडा दिसालाई पातलो बनाई कब्जियतको समस्या हटाउन मद्दत गर्छ ।

स्वस्थ रहनका लागि नियमित रूपमा व्यायाम गर्नु आवश्यक हुन्छ । पर्याप्त पानी पिउँदा व्यायामको प्रदर्शनमा सुधार आउन सक्छ । यसले मांसपेशी, टिश्यु र जोर्नीलाई सही रूपमा सार्न मद्दत गर्छ ।

व्यायामको समयमा मुटु र फोक्सोमा जोर पर्ने हुँदा शरीरमा प्रशस्त पानी भए यसले मुटु र फोक्सोलाई प्रभावी ढङ्गले काम गर्न मद्दत गर्छ ।

स्वस्थ हुने निर्णय गर्दा सबैभन्दा पहिलो कार्य गर्नु भनेको गुलियो पेय पदार्थलाई पानीसँग परिवर्तन गर्नु हो । पानीमा क्यालोरीको मात्रा शून्य हुन्छ, र अन्य चिनीयुक्त पेय पदार्थको तुलनामा पानीले समग्र क्यालोरी सेवनको ख्याल राख्छ । पर्याप्त पानी पिउनाले मोटोपना र तौल बढ्ने जोखिमलाई कम गर्छ ।

दैनिक आठ गिलास पानी (लगभग दुई लिटर) पिउनु पर्याप्त हुन्छ । तर, त्यो सत्य होइन । एक व्यक्तिले पिउनुपर्ने पानीको मात्रा व्यक्तिपच्छे फरक हुन्छ । धेरै पसिना बगाउने वा धेरै व्यायाम गर्ने मानिसको लागि आठ गिलास पानी पर्याप्त नहुन सक्छ ।

र, दिनभर एसीमा बस्ने तथा शारीरिक गतिविधि धेरै नगर्नेका आठ गिलास पानी पर्याप्त हुन सक्छ । कफी, चिया, दूध, फलफूल र तरकारीलगायत धेरै खाद्य पदार्थ र पेय पदार्थबाट पनि शरीरले पानी पाइरहेको हुन्छ । त्यसैले पानी प्यास लागिहालेमा भने तुरुन्तै पानी पिउनु पर्छ ।

jackson ribon