birat ribon

बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

Neuro
बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

विराटनगर । अमेरिकी अधिकारीहरूले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरूले कोरोना भाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन् ।

बेलायतमा कोरोनाको नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाइ गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । नयाँ नियम सोमबारदेखि लागू हुनेछ ।

cura insider

बेलायत प्रस्थान गर्नु ७२ घण्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ । नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन् ।

jackson ribon