birat ribon

पार्टी आधिकारिता माग गर्दै प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

Neuro
पार्टी आधिकारिता माग गर्दै प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

बिहीबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद्हरूसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

cura insider

उक्त समूहले आफ्नो पक्षका दुई सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दलसम्बन्धी कानुनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिएको प्रवक्ता श्रेष्ठले बताए ।

jackson ribon